तेजस्वी र करणको ब्रेकअप !

तेजस्वी र करणको ब्रेकअप !

केन्द्रबिन्दु
70
Shares

मुम्बई । रियालिटी शो ‘बिग बोस १५’बाट नजिकिएका अभिनेत्री तेजस्वी प्रकाश र अभिनेता करण कुन्द्रा टेलिभिजन उद्योगमा रुचाइएका जोडीमा पर्छन् । समय समयमा उनीहरुको ब्रेकअप भएको खबर आइरहन्छ । त्यसलाई उनका फ्यानहरुले खासै गम्भीर रुपमा लिँदैनन् ।

तर यसपटक भने उनीहरुको ब्रेकअपको खबरले निकै चर्चा पाएको छ ।

हालैमात्र करणको ट्वीटरमा एक भिडियो पोस्ट भएको छ । जहाँ तेजस्वी र करणको ब्रेकअप हुने कारण बताइएको छ । ‘प्रोडक्सन हाउसको निकट एक कर्मचारीका अनुसार तेजस्वी र करणबीच निकै तनाव छ । उनीहरुबीच ब्रेकअप हुने धेरै कारण छन् । करण र तेजस्वीको व्यक्तित्वमा धेरै समस्या छ । उनीहरु एकअर्काप्रति असुरक्षित महशुस गरिरहेका छन् ।

करण महिला साथीहरुसँग नजिकिएको तेजस्वी मन पराउँदिनन् । दुवैको फ्यान फलोइङ धेरै छन् । त्यसकारण उनीहरु आफूहरुको ब्रेकअपको बारेमा केही बताउन चाहिरहेका छैनन् । उनीहरु आफूहरु ट्रोलिङमा नपर्न र कैयौं व्यावसायिक सम्झौता नटुटोस् भनेर ब्रेकअपको खबर लुकाइरहेका छन्’, भिडियोको क्याप्सनमा लेखिएको छ ।

करण र तेजस्वीको ब्रेकअपको खबर सार्वजनिक भएपछि फ्यानहरुले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन् । ‘यो चिनियाँ माल जस्तै हो, चल्नै सक्दैन’, एक प्रयोगकर्ताले लेखेका छन् । अर्काले तेजस्वीले करण भन्दा अझ राम्रो प्रेमी पाउने लेखेका छन् ।

Logo