रामचरण भन्छन्- फिल्म फ्लप भए भोज खुवाउँछु

रामचरण भन्छन्- फिल्म फ्लप भए भोज खुवाउँछु

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । फिल्म ‘आरआरआर’ अभिनेता रामचरणका लागि करियरमा एउटा कोशेढुंगा साबित भयो । फिल्मले उनलाई स्वदेशमा मात्र होइन, विदेशमा उत्तिकै लोकप्रिय बनायो । हालैमात्र उनले ‘आरआरआर’को सफलता र आफ्नो पिताको विरासत सम्हाल्ने विषयमा कुराकानी गरेका थिए ।

उनले एक अन्तर्वार्तामा ‘आरआरआर’को सफलतापछि आफू एक हप्तासम्म घरबाट बाहिर नगएको खुलासा गरेका छन् । ‘म फिल्मको सफलतालाई लिएर धेरै दबाब लिन्नँ । ‘आरआरआर’को सफलतापछि पनि मेरो मनोभावमा परिवर्तन आएन । सत्य कुरा भन्दा मेरो कुनै फिल्म फ्लप हुँदा पार्टी गर्छु । मलाई सम्झना छ कि जब आरआरआर सफल भयो त्यो समयमा म एक हप्ताका लागि घरबाट बाहिर गइँन । मलाई निकै राहत महशुस भयो । म तनावमुक्त भएर परिवारसँग समय बिताइरहेको थिएँ । दबाबको मामलामा मसँग विपरित कथा छ’, उनले भनेका छन् ।

रामचरण साउथका मेगास्टार चिरन्जीवीका छोरा हुन् । उनीमाथि पिताको विरासत सम्हाल्ने जिम्मेवारी पनि छ । के उनलाई पिताको विरासतलाई अगाडि बढाउन कुनै दबाब महशुस हुन्छ त ? उनी भन्छन्, ‘मलाई थाहा छैन कि म यसबारे कसरी प्रतिक्रिया दिउँ । म अहिले सम्झन्छु कि अहिले म जे गरिरहेको छु त्यो महत्वपूर्ण छ । एक पिता, छोरा र भाईका रुपमा त्यो दिन मलाई जे सही लाग्छ, म त्यही गर्छु । यसैगरी एक–एकदिन म सही गर्दै गएँ भने वर्षदिन भरी सही नै गर्दै जानेछु’, उनले भनेका छन् ।

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ सन् २०२२ मा रिलिज भएको थियो । फिल्ममा रामचरणका अलावा जूनियर एनटीआर, आलिया भट्ट, अजय देवगनलगायतका कलाकारको अभिनय थियो । यो फिल्म बक्सअफिसमा ब्लकबस्टर साबित भएको थियो । फिल्मको गीत ‘नाटू नाटू’ले ओस्कार अवार्डमा सर्वश्रेष्ठ ओरिजिनल स्कोरको अवार्ड जितेको थियो ।

रामचरण अब राजनीतिक एक्सन ड्रामा ‘गेम चेन्जर’मा देखिँदैछन् । फिल्मको निर्देशन शंकरले गरिरहेका छन् । फिल्ममा उनीसँगै अभिनेत्री कियारा आडवाणी पनि छिन् ।

Logo