जसिता गुरुङले ‘इट्स माइ शो’विरुद्ध प्रेस काउन्सिलमा दिइन् उजुरी

जसिता गुरुङले ‘इट्स माइ शो’विरुद्ध प्रेस काउन्सिलमा दिइन् उजुरी

केन्द्रबिन्दु
224
Shares

अभिनेत्री जसिता गुरुङले कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘इट्स माइ शो’विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकी छन् ।

साे कार्यक्रममा आफ्नो चरित्रहत्या गरिएको भन्दै जसिताले प्रेस काउन्सिलमा लिखित उजुरी गरेकी हुन् । ‘पत्रकार आचार संहिता, २०७३ ले (पहिलो संशोधन २०७६)ले प्रष्ट रुपमा पत्रकार र सञ्चारमाध्यमको कर्तव्य तथा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने विषय र क्रियाकलाप उल्लेख गरेको छ ।’ जसिताले उजुरीमा भनेकी छन्, ‘त्यसको पूर्ण खिलाफमा गई कान्तिपुर टेलिभिजन, प्रस्तोता ओशिन सिटौला, अतिथिहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहले मेरो व्यक्तिगत जीवनमा असर पुग्नेगरी जेजस्ता खालको हल्का टिप्पणी र आरोप लगाए, यसले मलाई मानसिक दवाव दिएको छ । मेरो मान, मर्यादा र भावनामा ठेस पुर्‍याएको छ ।’

शोमा सञ्चालिका ओसन सिटौलाले कार्यक्रममा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एक खेल खेलाएकी थिइन्, जसमा अभिनेत्री जसिता गुरुङले डेट गरिरहेको नायक को हुन् भनेर सोधेकी थिइन् । त्यसकाे जवाफमा अभिनेत्री स्वस्तिमाले अनमोल केसीको नाम लिएकी थिइन् भने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एकपछि अर्को गर्दै प्रदीप खड्का, धीरज मगर र अनमोल केसी भन्दै तीन अभिनेताको नाम लिएकी थिइन्। शो प्रसारण भएपछि जसिताले अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञीले व्यक्तिगत जीवनबारे बोलेकोमा आपत्ति जनाएकी थिइन् ।

Logo