‘राई इज किङ’लाई लण्डनमा भव्य स्वागत, जुलाई १३ मा दिँदैछन् विशेष प्रस्तुती

‘राई इज किङ’लाई लण्डनमा भव्य स्वागत, जुलाई १३ मा दिँदैछन् विशेष प्रस्तुती

केन्द्रबिन्दु
4.8k
Shares

नेपाली सांगीतिक क्षेत्रमा ‘राई इज किङ’ले परिचित गायक राजेशपायल राईलाई बेलायतको लण्डनमा भव्य स्वागत गरिएको छ ।

दुवईमा सफल सांगितिक यात्रा पश्चात् उनी लण्डन पुगेका हुन् । लण्डनको विमानस्थलमा उनलाई किरात याक्थुम चुम्लुङ युकेका केन्द्रीय उपाध्यक्ष खगेन्द्र लावती, केन्द्रीय महासचिव जुरेन्द्र खजुम, विदेशी विभाग प्रमुखकी कमला लिम्बुलगायतले स्वागत गरेका थिए ।

किरात याक्थुम चुम्लुङ युकेको आयोजनामा जुलाई १३ मा ‘राजेशपायल राई लाईभ कन्सर्ट’ हुँदैछ । उक्त कार्यक्रममा उनको विशेष प्रस्तुती रहने छ । कार्यक्रममा उनले आफ्ना नयाँ तथा पुराना गरी करिब ३० वटा चर्चित र लोकप्रिय गीतहरु गाउने छन् । जसमा सबैको मन जित्न सफल ‘मैले मायाले दिएको चिनो’, दर्शन नमस्ते, नाइ नभन्नु ल, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ देउन, मरुभूमि जस्तै छ यो जिन्दगी, यानी माया, दिक्तेल बजार’लगायतका गीत उनले छुटाउने छैनन् ।

उक्त लिम्बुहरुको विशेष चाड सिसेक्पा तङ्नामको अवसरमा रहेकाले प्रस्तुती पनि त्यसैलक्षित रहनेछ । त्यसकारण पनि यो कार्यक्रम ऐतिहासिक रहनेमा द्विमत नभएको अध्यक्ष नरविर आङ्बोले जानकारी दिए । कार्यक्रममा २० हजार बढी दर्शकको उपस्थिती रहने आयोजकको दाबी छ ।

नेपाली सांगीतिक क्षेत्रका एकमात्र मेगास्टार राजेशपायल राई वर्ल्ड टुरकै क्रममा लण्डन पुगेका हुन् । अब क्यानडाको यात्रा गर्नेछन् ।

Skip This
Logo