निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारवाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ

निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारवाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ

केन्द्रबिन्दु
112
Shares

काठमाडाै‌। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई कारवाही गर्ने निर्णय सर्वसम्मत भएको स्पष्ट गरेकी छन् ।

डाँगीले समाचारमा आएको जस्तो ५२ मध्ये आफु मात्र कारवाहीको विपक्षमा रहेको भन्ने कुरा गलत रहेको बताएकी छन् । उनले केन्द्रीय समितिको निर्णय सर्वसम्मत भएको र त्यसमा आफुले पनि हस्ताक्षर गरेको बताएकी छन् । उनले भ्रामक र तथ्यहीन समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेकी छन् ।

यस अघि रास्वपाका सहप्रवक्ता मनिष झाले पत्रकार ब्रिफिङमा डाँगी बाहेक सबै ५१ केन्द्रीय सदस्यले महामन्त्रीलाई कारवाही गर्नुपर्ने बताएको जानकारी दिएका थिए । बुधबार रातिसम्म बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई ७ दिनको लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरेको छ ।
    

Skip This
Logo