‘लाफ्टर फर लाइफ’ फरक प्रारुपमा हसाउँदै छन् सन्दिप क्षेत्री, जाने हैन त ?

‘लाफ्टर फर लाइफ’ फरक प्रारुपमा हसाउँदै छन् सन्दिप क्षेत्री, जाने हैन त ?

केन्द्रबिन्दु
98
Shares

भुक्तभोगीहरु भन्छन्, हाँसो एक उत्तम औषधि हो । न किन्नुपर्ने, न माग्नुपर्ने । सित्तैमा पाइने । दुःख, पीडा, निरासा, उदासी, छटपटी जस्ता मनोविकारबाट मुक्त रहने माध्यम हो, हाँसो ।

यद्यपी हाँस्नका लागि पनि कुनै न कुनै बाहना त चाहिन्छ । यस्तै बाहना खोज्नेहरुका लागि एउटा गन्तव्य हुनसक्छ, मोक्ष बार । झम्सिखेलमा अवस्थित मोक्षमा महिनैपिच्छे हाँस्य मनोरञ्जनको कार्यक्रम हुँदैछ । र यहाँ एकल प्रस्तुत हुनेछन्, चर्चित कमेडियन सन्दिप क्षेत्री ।

कार्यक्रमको नाम हो, लाफ्टर फर लाइफ विद सन्दिप क्षेत्री । उनका अनुसार यो केही फरक प्रारुपको कार्यक्रम हो । ‘अहिले हामीले ६ वटा शोको तयारी गरेका छौं’, उनी भन्छन्, ‘हरेक शोमा फरक फरक पेशा–व्यवसायका मान्छेहरुलाई आमन्त्रण गर्नेछौं ।’ जस्तो, एउटा शोमा शिक्षकहरु आमन्त्रित हुनेछन् भने अर्कोमा चिकित्सकहरु । एउटै पेशा व्यवसायमा आवद्ध व्यक्तिलाई एकै ठाउँमा राखेर उनीहरुको जीवन भोगाईसँग सम्बन्धित सामाग्री पस्कँदा त्यो बढी प्रभावकारी हुने उनको विश्वास छ ।

‘निश्चित पेशा व्यवसायका दर्शक छन् भने उनीहरुलाई लक्षित गरेर आफ्नो प्रस्तुती दिन पाइन्छ’ सन्दिप भन्छन्, ‘यसले उनीहरुलाई बढी स्पर्श गर्छ ।’

कार्यक्रम हेर्नका लागि कुनै शुल्क लाग्ने छैन । यस्तो शैलीको कार्यक्रम गर्नुको ध्येय भनेको ‘गुणको बदला गुण तिरेजस्तै’ भएको उनी बताउँछन् । ‘मलाई आज सन्दिप क्षेत्री बनाउने उनीहरु नै हुन्’ उनी भन्छन्, ‘त्यसको बदलामा मैले पनि केही त गर्नुपर्छ भनेर यो कार्यक्रमको डिजाइन गरिएको हो ।’

झम्सिखेलस्थित मोक्ष बारमा अर्को सप्ताहन्तदेखि मासिक रुपमा यो कार्यक्रम हुँदैछ, जहाँ एक सय हाराहारी आगन्तुक हुनेछन् । कार्यक्रममा सन्दिपले एक घण्टासम्म एकल प्रस्तुती दिनेछन् ।

Skip This
Logo