फेस अफ राजधानी संस्करण -३ र किड्स नेपाल संस्करण -२ को घोषणा

फेस अफ राजधानी संस्करण -३ र किड्स नेपाल संस्करण -२ को घोषणा

केन्द्रबिन्दु
112
Shares

पुरुष र महिलालाई लक्षित गरेर ‘फेस अफ राजधानी-३’ यस वर्ष पनि आयोजना हुने भएको छ ।

काठमाडौंको भिएस इन्टरनेसनल कलेजमा आयोजित एक कार्यक्रममा ‘फेस अफ राजधानी-३’ को आवेदन खुल्ला गरिएको जानकारी दिइएकाे हाे । सन् २०२० देखि नेपालमा आयोजना हुँदै आएको यस प्रतियोगिता नेपालका लागी यस वर्ष पनि हुने भएको छ भन्ने कुरा आयोजक तथा स्टुडियो एन्ड कम्पनीका निर्देशक मोनु शाहले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा १७ देखी २८ वर्ष उमेरका पुरुष र महिला सहभागी हुन सक्नेछन् भने किड्स नेपालका लागि ६-१६ वर्ष उमेरका बालबालिकाहरु सहभागी हुन सक्नेछन् । पुरुषको हकमा ५ फिट ८ इन्च र महिलाको हकमा ५ फिट ५ इन्च उचाइ हुनुपर्ने बताइएको छ ।

‘फेस अफ राजधानी-३’ किड्स नेपालका लागी यही असार १७ गतेदेखी सहभागी हुन चाहनेले आवेदन दिन सक्नेछन् । यसका लागी अडिसन गर्ने तयारी पनि भइरहेको छ । छनौट प्रक्रिया अगाडि बढेपछि सहभागीका लागी २५ दिनको तालिम दिइनेछ । जसमा देशका ख्याती प्राप्त प्रशिक्षकहरूद्वारा तालिम दिइनेछ ।

सहभागी हुनेहरूमध्ये आगामी राउन्डका लागि हुने फिनालेमा निर्णायकहरूको मूल्याङ्कन र भोटिङबाट तीन जना विजेता घोषणा हुनेछन् । र तीन विजेताहरू मुम्बईमा आफ्नो देशलाई चिनाउन जानेछन् ।

Logo