सुजन र विजयको मानसिक स्वास्थ्यमा आधारित गीत ‘सम्झिराखन’ बजारमा [भिडियाे]

सुजन र विजयको मानसिक स्वास्थ्यमा आधारित गीत ‘सम्झिराखन’ बजारमा [भिडियाे]

केन्द्रबिन्दु
616
Shares

लण्डन निवासी गायकद्वय सुजन पराजुली र भिजे घिमिरेको गीत ‘सम्झिराखन’ बजारमा आएको छ ।

मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाइएको गितमा संगीत, शब्द अनि अभिनय गायकद्वयकाे नै रहेको छ । मानसिक स्वास्थ्य जस्तो जटिल संवेदनशिल बिषयलाई समेटेर बनाइएको कथा वस्तुलाई दर्शक श्रोताले पनि उत्तिकै मन पराएका छन् ।

गायक सुजन भन्छन्- ‘नेपाली संगीत क्षेत्रमा नौलो प्रयोग गरेका छौं ।’

अर्का गायक भिजे घिमिरे निकै उत्साहित छन् । उनी थप्छन्- ‘अब नयाँ बाटो खुलेको छ नेपाली फ्युजन गितको ट्रेन्ड आउनेमा ढुक्क छौं ।’

कथा वस्तुमा भिजे र सुजन यमराज र चित्रगुप्तको भूमिकामा देखिन्छन । भिडियाेमा मानसिक स्वास्थ्यको कारण अस्वभाविक मृत्युदर बढेको कारण व्यवस्थापन गर्न गाह्रो भएकोले रोकथामको लागी उनीहरु पृथ्वीलोकमा गएको र रोकथाम नियत्रण गर्न सफल भएको कथालाई आकर्षक ढङ्गले देखाउन खोजिएको छ ।

गीतको कथा वस्तु अनि निर्देशन अनमोल केसी अभिनित चलचित्र ‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङको रहेको छ । भिजे म्युजिक युट्युब च्यानलबाट रिलिज गरिएको गीतमा किरन थापा र अभी वाग्लेको कोरियोग्राफी रहेको छ भने गीतको एरेन्ज विप स्टुडियोले गरेको हो ।

Logo