मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ का लागि अडिसन हुँदै

मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ का लागि अडिसन हुँदै

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । ‘मिस युनिभर्स नेपाल–२०२४’ को लागि यहि सोमबार (१४ गते) अडिसन हुने भएको छ । प्रिलिमिनरी राउन्डबाट छनौट भएका ६० जनामध्य ३५ जनाको अडिसन मार्फत् हिल्टन काठमाडौँमा छनोट हुने आयोजकले जनाएको छ ।

अडिसनको जज प्यानलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल–२०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पालकार्की रहेका छन् । त्यस्तै आयोजकग्लोबल ग्ल्यामर भेन्चरका म्यानेजिङ्ग डिरेक्टर आलोक छेत्री, सिइओ एवम प्रेसिडेन्टसबी पुरीर मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीलेजजको रुपमा अडिसन लिने भएका छन् ।

उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम पेजेन्ट कोचएलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने भर्चुअलमाध्यम देखी सहभागीता जनाउने छन् ।

यो अडिसनमा छनोट हुने ३५ प्रतिस्पर्धीले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिने छन् । उनिहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट व्यक्तित्वविकास, वाककला, पब्लिक स्पिकिंग, आर्थिक व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाइने आयोजकले जनाएको छ ।

यसपालीको मिस युनिभर्स नेपाल २०२४ मा ट्रान्सजेन्डर, विवाहित, गैरनेपालीमहिलाहरू र डाक्टर, इन्जिनियर, पाइलट लगायतविभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागीता रहेको मिस युनिभर्स नेपालको नेसनल डिरेक्टरसंगीता पुरीले जानकारी दिइन् ।

‘मिस युनिभर्स नेपाल–२०२४’ को ग्रान्ड फिनाले आगामीसेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । बिजेताले नोभेम्वरमा हुने मिस युनिभर्स–२०२४ को लागि मेक्सिकोमा १०० देशहरुसँग प्रतिस्पर्धा गर्ने छन् ।

Logo