विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक

विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक

केन्द्रबिन्दु
1.6k
Shares

काठमाडौँ । विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । उनले तीजमा सधैँ गीत ल्याउने गरेकी छिन् ।

एकै झल्को देख्न मन छ

तिम्रो आँगन टेक्न मन छ

आइनँ आमा ओ यो तीजैमा

उनको स्वर समावेश तीज गीत ‘आइनँ आमा’ शनिबार युट्युबमा सार्वजनिक भएको छ । सपना म्युजिक इन्डस्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।

सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता पौडेल फिचर्ड छिन् ।

Logo