गायक प्रताप सुब्बाको पहिलो एल्बम ‘बन्धनको चिनो’ को अनप्लग्ड भिडियो सार्वजनिक [भिडियोसहित]

गायक प्रताप सुब्बाको पहिलो एल्बम ‘बन्धनको चिनो’ को अनप्लग्ड भिडियो सार्वजनिक [भिडियोसहित]

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । नेपालीभाषी भूटानीका प्रथम गायक प्रताप सुब्बाको पहिलो एल्बम ‘बन्धनको चिनो’को अनप्लग्ड भिडियो सार्वजनिक भएको छ ।

विशाल गुरुङको निर्देशन र केदार उप्रेतीको सहनिर्देशनमा निर्मित यो अनप्लग्ड संस्करण एबी क्रिएशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो प्रोजेक्टमा फ्लेमिंगो ब्यान्डका संगीतकार तथा विभिन्न कलाकारहरूको योगदान छ । जसमा भायोलिन बजाउनेहरूमा मुस्कान बालम्पाकी, सेलेना गुरुङ, युमा चाम्लागाईँ लगायत छन् । गीतको रेकर्डिङ मनिस चाम्लिङले गरेका हुन् भने संगीत संयोजन सञ्जीव बराइलीले गरेका छन् ।

यो एल्बमको अनप्लग्ड संस्करणमा गायक प्रताप सुब्बाले सर्जकका रूपमा आफ्नो अनुभव सुनाउँदै भनेका छन्, “यो संस्करणले पुराना गीतहरूलाई नयाँ पुस्तासम्म पुर्‍याउन र संगीतमा नयाँ प्रयोग गर्न सहयोग पुर्‍याउँछ ।” साथै, उनले पुराना समयको तुलनामा अहिले संगीत रेकर्डिङमा प्रविधि र संयोजनमा धेरै सहजता आएको पनि बताए ।

निर्देशक विशाल गुरुङका अनुसार गायक सुब्बाका अन्य गीतहरूको पनि अनप्लग्ड संस्करण तयार भइरहेको छ । जसलाई निकट भविष्यमा सार्वजनिक गरिनेछ । सन् १९८४ मा कलकत्तामा आफ्ना मित्र खम्बरसिंह गुरुङको घरमा अर्का मित्रले गीत लेख्न हौसला दिएपछि उनले गीतका शब्द लेखेका थिए । यसमा संगीत र स्वर प्रताप सुब्बाको रहेको छ । यो गीत १९८८ मा म्युजिक नेपालमार्फत सार्वजनिक भई नेपालीहरूको मनमा गहिरो छाप छोड्न सफल भएको थियो ।

सुब्बाको ऐतिहासिक गीत ‘बन्धनको चिनो’को अनप्लग्ड संस्करणको छायांकन आफ्नो स्थानमा गर्न पाएकोमा एभरेष्ट स्पाइस मस्क बारका प्रबन्धक निर्देशक सुमन योञ्जनले गर्व महसुस भएको बताएका छन् । त्यस्तै अर्का शांग्रिला हिबची सुशी इन्डियन–नेपालीका प्रबन्धक निर्देशक लिला कुइँकेलले यस ऐतिहासिक प्रोजेक्टसँग जोडिन पाउँदा आफूहरूलाई विशेष अवसर प्राप्त भएको अनुभव व्यक्त गरेका छन् ।

Logo