पूर्णिमा लामालाई सर्वोत्कृष्ट गायिकाकाे अवार्ड

पूर्णिमा लामालाई सर्वोत्कृष्ट गायिकाकाे अवार्ड

केन्द्रबिन्दु
392
Shares

काठमाडौं । गायिका पूर्णिमा लामा सर्वोत्कृष्ट गायिका अवार्ड २०२४ बाट सम्मानित भएकी छन् ।

‘जीवनको यो आफ्नै नाटक’ बोलको गीतबाट गायिका लामाले आधुनिक तथा पप गायिका बिधाबाट सर्वोत्कृष्ट गायिका अवार्ड प्राप्त गर्न सफल भएकी हुन् । नवदुर्गा पार्टी भेन्यु सुकेधारास्थित आयोजित विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ समारोहकाबीच उनी सम्मानित भएकी हुन् ।

नेपाली गीत संगीत क्षेत्रमा लामाले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै आयोज कमिटीद्वारा लामालाई खादामाला लगाई अवार्डको प्रमाणपत्र प्रदान गरिएको थियो । डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका लामाका ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ सहित उनको स्वरमा सातसय बढी गीत सार्वजनिक भएका छन् ।

उनका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका गीतले मिलियन बढी भ्यूज पाएका छन् । संगीत नै नजिकको साथी बताउने गायिका लामा भन्छिन्,‘गीत संगीतको ज्ञान सदाबहार चाहिन्छ । बिनाअध्ययन र ज्ञान संगीत अधुरो छ ।’

Logo