गजल गीत ‘नजरका इशारा’ सार्वजनिक

गजल गीत ‘नजरका इशारा’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । गजल गीत ‘नजरका इशारा’ भिडियोसहित सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा शब्द रचना किरण रिजालको रहेको छ भने स्वर कमल बिष्ट र सङ्गीत शशिविक्रम थापाको रहेको छ ।

गायक बिष्ट ‘भ्वाइस अफ नेपाल’ सिजन २ का प्रतिस्पर्धी पनि रहेका थिए । गीतमा युवा–युवतीबीच अनायास उत्पन्न हुने प्रेम र त्यसले निम्त्याउने पीडालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

भिडियोमा एक होटेलमा काम गर्ने युवकले त्यहीँ बस्न आएकी ग्राहकलाई मन पराउँछ । तर उनी गलत भावनामा बहेर मानसिक पीडामा फस्छन् । यो भावनात्मक कथा राज पौडेल र हेना नगरकोटीको प्रभावशाली अभिनयद्वारा जीवन्त भएको छ, जसको निर्देशन नारायण मगरले गरेका छन् ।

सडक नाटकबाट अभिनय सुरु गरेका मोडल पौडेलले एक दशक भन्दा बढी समयदेखि टेलिभिजन विज्ञापन, म्युजिक भिडियो र वेब सिरिजहरूमा अभिनय गर्दै आएका छन् भने नगरकोटीले विभिन्न वेब सिरिज, म्युजिक भिडियो र चलचित्रमा अभिनय गरेकी छिन् । भिडियोका निर्देशक मगरले एक सयभन्दा बढी म्युजिक भिडियोहरूको निर्देशन र सम्पादन गरेका छन् ।

यस भिडियोका सिनेमेटोग्राफर ज्ञानेन्द्र शर्मा हुमागाईँ हुन् भने सम्पादक तथा रङ्ग संयोजक भीम विश्वकर्मा हुन् । भिडियो उत्पादन तथा वितरण रे अफ आर्ट्सले गरेको हो ।

Logo