बालगायक मृदुल राठीको आमाबामा समर्पित गीतको म्युजिक भिडियो ‘मेरो मन्दिर’ सार्वजनिक [भिडियोसहित]

बालगायक मृदुल राठीको आमाबामा समर्पित गीतको म्युजिक भिडियो ‘मेरो मन्दिर’ सार्वजनिक [भिडियोसहित]

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । प्रतिभावान् बालगायक मृदुल राठीको आवाजमा रहेको पहिलो गीत ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा बालगायक राठीको स्वर, अमित क्षेत्रीको शब्द र संगीत रहेको छ । उक्त म्युजिक भिडियो सुरशाला युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो ।

हजुरबुबा, हजुरआमा र बुबाआमाको प्रेम तथा त्यागप्रति समर्पित उक्त म्युजिक भिडियोमा बालगायक राठीकै बुबाआमाको अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन युवराज वाइबाले गरेका छन् भने सिनेमेटोग्राफर निसल पौडेल रहेका छन् ।

बालगायक राठीले उक्त गीत हजुरबुबा शखरलाल राठीप्रति समर्पित गरेका छन् । भिडियो र गीतका शब्दहरूले अभिभावकहरूले आफ्ना सन्ताप्रति गर्ने स्नेह, त्यागलाई देखाउँदै सन्तानले अभिभावकको प्रेमप्रति देखाएको सम्मानलाई झल्काएको छ ।

Logo