विराज भट्ट भन्छन्- ‘१२ गाउँ’ले नेपाली फिल्म जगतमा नयाँ इतिहास कोर्नेछ

विराज भट्ट भन्छन्- ‘१२ गाउँ’ले नेपाली फिल्म जगतमा नयाँ इतिहास कोर्नेछ

केन्द्रबिन्दु
168
Shares

काठमाडाैं । निर्देशक तथा नायक विराज भट्टले आफूद्वारा निर्देशित‘१२ गाउँ’ले नेपाली फिल्म जगतमा नयाँ इतिहास कोर्ने बताएका छन्।

विराजको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘१२ गाउँ’ आगामी बिहीबारदेखि प्रदर्शनमा आउँदै छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै दसैंको फूलपातीका दिन प्रदर्शनमा आउने फिल्मबारे उनले यस्तो जानकारी दिएका हुन् ।

त्यस क्रममा निर्देशक भट्टले पछिल्लो समय नेपालमा एक्सन जनराका फिल्मको अभाव देखिएकाले आफूले ‘१२ गाउँ’ को निर्माण गरेको पनि बताए । ‘म आफैं पनि एक्सन विधाको अभिनेता हुँ । त्यसकारण पनि एक्सन फिल्म निर्माणमा केही गर्न सकिन्छ भनेर अघि सरेको हुँ ।’

उनी एक्सन जनरामा बनेको उत्कृष्ट फिल्मको सूचीमा ‘१२ गाउँ’ले नाम लेखाउने दाबी गर्छन् ।

फिल्ममा प्रयोग भएका द्वन्द्वका दृश्यमा निखार ल्याउन आफूले अनुभवी भारतीय फाइट मास्टर स्टन्ट सिल्भालाई लिएको उनले बताए । भारतीय एक्सन निर्देशक तथा कलाकार सिल्भाले दर्जनौं तमिल, तेलगु, मलयालम र कन्नड फिल्ममा काम गरिसकेका छन् । ‘१२ गाउँ’मा सिल्भालाई नेपाली द्वन्द्व निर्देशक शंकर महर्जनले सघाएको भट्टले बताए ।

समीर भट्टको डेब्यू फिल्ममा विराज भट्ट, सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, शनिशा भट्टराई, नरेन खड्का, नान्सी खड्का, स्टन्ट सिल्भा, सन्तोष सरकार, कनिज कोइराला, सुलेमान शंकर ‘इकु’, कृष्ण भट्ट, कालु राना, दीपक केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

Logo