‘बाँचुन्जेली’मा टिकटकर मिस पवी र किरण भुजेल

‘बाँचुन्जेली’मा टिकटकर मिस पवी र किरण भुजेल

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । गायक किरण भुजेल र गायिका प्रतिमा केसीको स्वर रहेको ‘बाँचुन्जेली’ बोलको गीतको भिडियो रिलिज भएको छ । जसमा टिकटकर मिस पवीको अभिनय देख्न सकिन्छ ।

भिडियोमा मिस पवीसँगै गायक किरणले अभिनयमा साथ दएका छन् ।

गायक तथा संगीतकार सिएल शर्माका शब्द सृजनामा तयार सार्वजनिक गीतमा नागेन्द्र श्रेष्ठको संगीत तथा बिषम आचार्यको एरेन्ज रहेको छ ।

भिडियोमा एक प्रेमील जोडीबिचको रोमान्टिक प्रेम कहानीलाई कलात्मक शैलीमा देखाइएको गीतको भिडियोले चर्चा पाइरहेको छ । कुमार केसीको मिक्सिङ्ग तथा मास्टरिङ रहेको गीतको सम्पादन दिनशन शाहले गरेका हुन् । केशल विश्वकर्माको छायांकन रहेको भिडियोको निर्देशन राजिव शमरले गरेका हुन् ।

Logo