प्रकाश सपूतले ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरमा नजानुको दिए यस्तो प्रष्टीकरण

प्रकाश सपूतले ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलरमा नजानुको दिए यस्तो प्रष्टीकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कलाकार प्रकाश सपूतले यही कार्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’सँग जोडिएको सन्दर्भबारे प्रष्टीकरण दिएका छन् ।

बिहीबार ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको थियो । तर, फिल्मको ट्रेलर रिलिजका क्रममा अभिनेताको भूमिका निभाएका प्रकाश सपूत नै उपस्थित नभएपछि भने निर्माण टोलीले खल्लो महसुस गरेको थियो । यसमा निर्देशक सरोज पौडेलले असन्तुष्टि पनि व्यक्त गरेका थिए । त्यसपछि सपुतले आज प्रष्टीकरण दिँदै सिर्जना निर्माता वा कलाकारको दम्भले चल्दैन भनेका छन् ।

उनी लेख्छन्, ‘अरुको सपना, संघर्ष र इमानमाथि बेइमानी र बदनामी गर्नेहरुसँग चाहिँ फेरि जोडिन नपरोस् । कम्तिमा मर्यादित बनौं । अर्को कुरा सिर्जना, दर्शकको शुभेच्छा र स्वयं सिर्जनाको दमले चल्छ, सर्जक, निर्माता वा कलाकारको दम्भले होईन । म यो कुरामा सधैं स्पष्ट छु ।’

आफ्नो ब्यानरको फिल्म ‘वसन्त’अघि ‘पूर्णबहादुरको सारङ्गी’ रिलिज हुँदा उनको असन्तुष्ट पोखिएको हो । ‘पूर्णबहादुरको सांरगि राम्रो कथामा बनेको छ । मैले राम्रो भएर नै मनै देखि काम गरेको हु । बिजय बराल, मुकुन भुषाल जस्ता जिवन्त कलाकारसँग काम गर्न मनै देखि खुशी थिए र मनैदेखि दर्शकसम्म लिएर जाने रहर थियो । तर चलचित्र अचानक प्रदशन हुने भएपछि म सरप्राइज़ भएँ । मसँग लडी बस्ने ईनर्जी भएन । मैले केहि भन्न सकिनँ ।’ उनले भनेका छन् ।

उनले भने, ‘यतिखेर म बसन्तको छायांकनमा छु । यसको सम्पूर्ण ज़िम्मेवारी आफ्नै काँधमा भएकोले समय मिलाउन अलि गार्हो भएको छ र मानसिक रुपमा पनि अरु सोच्न सकिने अवस्था छैन । यसै पनि म उति सारो प्रचार प्रसार गर्न जान्ने र जागर गर्ने कलाकार पनि होइन । भूमिकाका हिसाबले पनि सारंगिमा मेरो भारी अलि कम छ जति अरुको छ ।’

Logo