नायिका सृष्टी खड्काका अनेक अवतार [तस्विरहरु]

नायिका सृष्टी खड्काका अनेक अवतार [तस्विरहरु]

केन्द्रबिन्दु
392
Shares

नेपाली रंगमञ्चमा छोटो समयमै स्थापित नायिका हुन्, सृष्टी खड्का । मोडल हुँदा सर्वाधिक चर्चामा रहने उनी हाल फिल्ममा पनि उत्तिकै देखिन्छिन् । सानै उमेरदेखि नृत्य र अभिनयमा इच्छा रहेको बताउने सृष्टीले भविष्यमा चलचित्र अभिनयमै भविष्य खोजिरहेकी छन् । दर्जनौं हिट म्युजिक भिडियो दिएकी उनको फ्यान फलोइङ उत्तिकै राम्रो छ । ‘वर एण्ड बधु, अनौठो तिर्सना, जुनकिरी’ लगायत फिल्म खेलिसकेकी सृष्टीले बलिउडमा समेत पाइला टेकिसकेकी छन् । यसलाई उनी छोटो समयमै पाएको सबैभन्दा ठूलो उपलब्धी मान्छिन् ।

उनी अभिनित फिल्म ‘अनौठो तिर्सना’ ओटिटी प्ल्याटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने पहिलो नेपाली फिल्म पनि हो । यसअघि नेपाली भाषाको बलिउड अभिनेत्री प्रियंका चोपडाद्धारा निर्मितफिल्म ‘पाहुना द लिटर भिजिटर्स’ नेटफ्लिक्समा रिलिज भएको थियो । फरक फरक परिवारको कथामा निर्माण गरिएको यो फिल्मको डेढ वर्षअघि छायांकन गरिएको हो ।

सामाजिक सञ्जालमा उनी सक्रियसँगै चर्चित पनि छिन् । अहिले पनि निरन्तर उनका रोमान्टिक तस्विर आइरहन्छन्, उनको तारिफमा टिप्पणीकाे ओइरो लाग्छ ।

Logo