सम्राट र प्रीतिले ल्याए ‘यो मायालाई फकाउन’ [भिडियाे]

सम्राट र प्रीतिले ल्याए ‘यो मायालाई फकाउन’ [भिडियाे]

केन्द्रबिन्दु
70
Shares

काठमाडाैं । ‘यो मायालाई फकाउन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्शन र एजी फिल्मस् अष्ट्रेलियासँगको सहकार्यमा निर्माणमा आइतबार सार्वजनिक गरिएको हो । गीतमा गायक सम्राट किरण र गायिका प्रीति घिमिरेको आवाज रहेको छ । यस गीतका गीतकार डिपी खनाल हुन् भने संगीतकार शंकर थापा स्माईल रहेका छन् ।

विषम आचार्यको म्युजिक एरेन्जमेन्ट रहेको यस गीत सिड्नीस्थित नेपमेलोको स्टूडियोमा रेकर्ड गरिएको हो । लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका प्रीति र सम्राट सिड्नीका धेरैजस्तो स्टेजहरूमा व्यस्त देखिन्छन्। गायक सम्राटको यो पहिलो गीत हो ।

प्रशान्त तामाङको निर्देशन तथा कोरियोग्रफी रहेको गीतको भिडियोमा सञ्जीव महर्जन र एन्जिला गिरी फिर्चड छन् । भिडियोमा उनीहरुको नोकझोक र रमाइलो माया प्रेम देख्न सकिन्छ ।

गोपाल राय डिओपी रहेको भिडियोको सम्पादन र कलर विनोद बमले गरेका हुन् ।
गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको निर्माण टिमले यसलाई दर्शकले मन पराउने विश्वास लिएको छ।

Logo