आयल निगमले बढायो इन्धनको मूल्य, के मा कति बढ्यो ?

आयल निगमले बढायो इन्धनको मूल्य, के मा कति बढ्यो ?

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा दुई रुपैयाँ वृद्धि गरेको हो। 

नयाँ मूल्य अनुसार अब पेट्रोलको १२५, डिजेल र मट्टितेलको १०८ तथा हवाई इन्धन प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ।

यसअघि पेट्रोलको मूल्य १२३, डिजेल र मट्टितेलको १०६ र हवाई इन्धनको मूल्य ७८ रूपैयाँ थियो।

एलपी ग्यासको मूल्य भने यथावत् छ। 
 

Logo