सोलुखुम्बुका स्थानीय तहको बेरुजु ३१ करोड

सोलुखुम्बुका स्थानीय तहको बेरुजु ३१ करोड

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बुको ८ स्थानीय तहको बेरुजू रकम झण्डै ३१ करोड रहेकाे छ । महालेखा परीक्षकको  ५८ ‌औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ को बेरुजू रकम ३० करोड ९९ लाख ८१ हजार देखिएको हो ।

जिल्लाका ८ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजू माप्य दुधकोशी गाउँपालिकाको १२ करोड १६ लाख ५६ हजार रहेकाे छ ।

त्यस्तै खुम्बु पासाङल्हामू गाउँपालिकाको ८ करोड ८६ लाख २२ हजार बेरुजू देखिएको छ । सोलुदुधकुण्ड नगरपालिकाको बेरुजू रकम ३ करोड ७० लाख ४२ हजार देखिएको छ भने नेचासल्यान गाउँपालिकाको बेरुजू ३ करोड ४४ लाख ५३ हजार उल्लेख गरिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार लिखुपिके गाउँपालिकाको एक करोड ३१ लाख ८ हजार, थुलुङ दुधकोशी गाउँपालिकाको ८६ लाख ४ हजार, सोताङ गाउँपालिकाको ३६ लाख ९२ हजार र सबैभन्दा कम बेरुजू महाकुलुङ गाउँपालिकाको २८ लाख ४ हजार छ ।

Logo