तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

केन्द्रबिन्दु
0
Shares

तेह्रथुम पावर कम्पनीले आज बुधबार (भदौ ९ गते) बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणका लागि खुला गरेकाे हाे ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गरेकाेमा  १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । 

आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।  उक्त समयसम्म सबै आइपीओ बिक्री नभएमा भने भदौ २३ गतेसम्म खुला रहनेछ ।

कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुको संख्या ठूलो हुने भएकाले न्युनतम १० कित्ताका लागि आवेदन दिए पुग्नेछ ।

Logo