साहसकाे आइपीओमा मागभन्दा दोब्बर आवेदन

साहसकाे आइपीओमा मागभन्दा दोब्बर आवेदन

केन्द्रबिन्दु
0
Shares

आयोजना प्रभावित जिल्लाका लागि खुलेको साहस ऊर्जाको साधारण शेयर (आइपिओ)मा करिब १९ हजारको आवेदन परेको छ ।

साहस उर्जा कम्पनीले गत साउन २९ गतेदेखि स्थानीयका लागि खुला गरेको आइपीओमा (शुक्रबार) अर्थात अन्तिम दिनसम्म करिब १९ हजारको आवेदन परेको साहस उर्जाले जनाएकाे छ । 

३५ लाख कित्ता अर्थात ३५ करोड बराबरको रकम माग भएकोमा मागभन्दा झण्डै दोब्बर ६३ करोड अर्थात ३० करोड रुपैयाँ बढी रकमको आवेदन परेको हो । 

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Logo