तेह्रथुम पावरको आइपीओ भर्ने म्याद आजसम्म

तेह्रथुम पावरको आइपीओ भर्ने म्याद आजसम्म

केन्द्रबिन्दु
0
Shares

तेह्रथुम पावर कम्पनीको आइपीओमा आवेदन दिने आइतबार (भदौ १३ गते) अन्तिम दिन हो । यो आइपीओमा मागभन्दा बढी आवेदन परिसकेका कारण आज कार्यालय समयसम्म मात्र खुला हुनेछ ।

कम्पनीले ७ लाख ४४ हजार कित्ता सर्वसाधारण खुला गरेकाे हाे । शुक्रबारसम्म १७ लाख १८ हजार ६६३ जना आवेदकले २ करोड २८ लाख २ हजार १५० कित्ताका लागि आवेदन परेको थियो । सर्वसाधारणबाट माग गरिएको भन्दा ३०.६४ गुणा बढी आवेदन परेको हो ।

तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।
 

Logo