गोवर्द्धन पूजाकाे ‘माफ गर तिम्रो बिहेमा आउन सकिनँ’ सार्वजनिक (भिडियाेसहित)

गोवर्द्धन पूजाकाे ‘माफ गर तिम्रो बिहेमा आउन सकिनँ’ सार्वजनिक (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

साहित्यकार गोवर्द्धन पूजाको २०४८ सालको मधुपर्कमा छापिएको गजल रेकर्ड भएर सार्वजनिक भएको छ। क्रेजी म्युजिक हबद्वारा रेकर्डिङ  भएर  स्टुडियोको उदघाटन समारोहमा सार्वजनिक भएको ' माफ गर तिम्रो बिहेमा आउन सकिनँ' बोलको गजलमा गोपाल अधिकारीले स्वर र संगीत गरेमा छन्। 

सार्वजनिक उक्त गजलको म्यूजिक भिडियोमा नम्रता र नवीनको अभिनय रहेको छ। क्रेजी म्युजिक हब युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोलाई केपी तिमल्सिनाले निर्देशन गरेका छन् भने अनिश तिमल्सिनाले छायाङ्कन गरेका छन्।

नेपाली चलचित्र ' घायल', जङ्गली मान्छे, इन्साफ, मूर्ख मान्छे, यतिको खोजमा, लगायतका नेपाली चलचित्रमा गीत लेखिसकेका गोवर्द्धन पूजाका दुई दर्जन जति गीत रेकर्डिङ भइसकेका छन्। उनका कविता , गजल, उपन्यास र कथाका नौ वटा साहित्यिक कृति प्रकाशित छन्। भिडियाे

 

Logo