संगीतकार श्रेष्ठको ‘खोजिरहेछ देशले एक युग नायक’ सार्वजनिक (भिडियोसहित)

संगीतकार श्रेष्ठको ‘खोजिरहेछ देशले एक युग नायक’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

संगीतकार सन्तोष श्रेष्ठको स्वरमा ‘खोजिरहेछ देशले एक युग नायक’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक सन्तोष श्रेष्ठकै संगीत रहेको गीतमा डा नवि अधिकारीको शब्द  रहेको छ भने देबेन्द्र नेवाले गीत एरेन्ज गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपाल तथा प्राइम टिभीका अध्यक्ष ऋषि धमला लगायतले उक्त भिडियो  सार्वजनिक गरेका हुन् । 

युवराज दाहालको अभिनय रहेको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका छन् । संगीतमा विश्व कीर्तिमान कायम गरेका सन्तोष श्रेष्ठको पनि भिडियोमा अभिनय देख्न सकिन्छ । 

गोल्डेन क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोलाई राजकुमार केसीले छायांकन गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको छ ।

Skip This
Skip This
Logo