शिव परियारको पहिलो गीत ‘बिर्से पनि तिम्रो याद…’ रिमेक भर्सनमा सार्वजनिक (भिडियोसहित)

शिव परियारको पहिलो गीत ‘बिर्से पनि तिम्रो याद…’ रिमेक भर्सनमा सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गायक शिव परियारको पहिलो रेकर्डेड गीत ‘बिर्से पनि तिम्रो याद…’ पुनः सार्वजनिक गरिएको छ।

रचनाकार सुरेश वाग्लेको शब्द तथा गायक परियारकै संगीतमा तयार गजल गीत पहिलो पटक २०५९ सालमा रेडियो नेपालमा लाइभ रेकर्ड गरिएको थियो। 

उक्त गीतबाट गायक शिव परियारले रेडियो नेपालमा आयोजना गरिएको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा स्वर विधामा प्रथम अवार्डसमेत हात पारेका थिए। 

सोही समयबाट चर्चामा रहेको उक्त गीत हाल पुनः रेकर्ड गरेर म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो । हालै सार्वजनिक गीतको भिडियोमा वरिष्ठ कलाकार सरोज खनाल, कलाकार पल शाह, आकाश श्रेष्ठ र प्रमिला कार्कीको अभिनय रहेको छ ।

गजल संगीतमा निकै पुरानो र चर्चित गीतको नयाँ रिमेक भर्सनलाई दर्शक तथा स्रोताले मन पराईदिनेमा गायक परियार आशावादी छन् । भन्छन्, ‘नयाँ पुस्तालाई मन पर्ने गरी केही रिमेकसहित गीत बजारमा ल्याएका छौं, पक्कै दर्शक स्रोताले रुचाइदिनु हुनेछ।’

यस्तै गीतका रचनाकार सुरेश वाग्लेले रिमेकसहितका गीत संगीत र तयार भिडियो उत्कृष्ट रहेकाले सबैले मन पराउने विश्वास व्यक्त गरे। 

गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बुद्ध लामाले छायांकन गरेका हुन् । यस्तै भिडियोमा विकास धमलाको सम्पादन रहेको छ।

गीतको भिडियो
 

 

Logo