‘यो दर्शकले दिनुभएको एक–एक भोटको मायाको गाडी हो’: भरतमणि पौडेल(भिडियोसहित)

‘यो दर्शकले दिनुभएको एक–एक भोटको मायाको गाडी हो’: भरतमणि पौडेल(भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले उचाले । उनी अहिले जितको खुशीयालीमा रमाइरहेका छन् । 

उपाधिसँगै भरतमणिले २५ लाख नगद र एउटा कार उपहार प्राप्त गरे। पुरस्कारस्वरुप प्राप्त नगद भने भरतमणिले अझै बुझ्न बाँकी नै छ। उक्त रकम केहि दिनमा कमेडी च्याम्पियन पौडेललाई हस्तान्तरण गरिने कार्यक्रमका निर्देशक विशाल भण्डारीले बताए । 

कार भने शुक्रबार कमेडी च्याम्पियन आयोजक टिमले भरतमणिलाई हस्तान्तरण गरेको छ। उनीसँगै फस्ट रनरअप विक्की अग्रवालले एक थान बाइक र सेकेन्ड रनरअप सन्तोष थापाले एक थान स्कुटर पनि शुक्रबार नै बुझेका छन् ।

सामान्य परिवारमा हुर्किएका भरतमणिले उपहारस्वरुप प्राप्त कार दर्शक स्रोताले दिएको एक–एक भोटको प्रतिफल भएको प्रतिक्रिया दिए।

हाल उनले कार प्राप्त गरेपनि लाइसेन्स नहुँदा सहयोगीको साथ लिएका छन्। अनि, आफूले लाइसेन्स प्राप्त गर्नसाथ सुरुमा आफ्ना बुबा आमालाई कारमा सवार गराउने पनि प्रतिक्रिया दिए। 

 

Skip This
Skip This
Logo