म्यूजिक भिडियोमार्फत् अभिनेता राजबल्लभको कमब्याक (भिडियोसहित)

म्यूजिक भिडियोमार्फत् अभिनेता राजबल्लभको कमब्याक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

कालजयी गायक ओमविक्रम विष्टको स्वर तथा संगीतमा रहेको ‘उनी आउने…’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। 

‘म मौनतामा अल्झिरहेको एउटा जीवन’, ‘सुन चाँदीभन्दा’, ‘बदनाम भै नजाऊ’, ‘नभनिदेउ तिम्रो ओठको लाली’, ‘म सम्झन्थे हो’, ‘मलाई मात्रै हो कि प्रीति बिझाएको’ जस्ता विष्टको गीत चर्चामा छन् ।

हाल अमेरिकामा उपचारपछि स्वास्थ्यलाभ गरिरहेका विष्टले यो गीत केही बर्ष अगाडी नै तयार गरेका थिए, जुन गीतमा अमेरिकामै बस्तै आएका चर्चित अभिनेता राजबल्बभ कोइराला र सञ्जिता कोइरालाको अभिनय रहेको छ।

अभिनेता कोइरालाको यो लामो समयपछिको कमब्याक हो। अमेरिका रहँदा तीन वर्षअघि एक म्यूजिक भिडियोबाटै दर्शकमाझ देखिएका कोइराला पुनः ‘मोडहरुमा’ एल्बममा समावेश गीतको म्यूजिक भिडियोमा देखिएका हुन्।  

नेपालमा अभिनयमा सक्रिय रहँदा कोइरालाले त्यतिबेलाका चर्चित निर्देशकहरु भुषण दाहाल, आलोक नेम्वाङ, प्रसन्न पौडेल लगायतसँग केही म्यूजिक भिडियो गरेका थिए । कोईरालाले ‘पर्खि बसेँ’, ‘गुरु दक्षिणा’, ‘पहिलो पहिलो माया’, ‘किन लाग्छ माया’, ‘पल’, ‘प्रीतिको फुल’, ‘मसान’, ‘ऋतु’ लगायतका तीस बढी नेपाली चलचित्रहरुको साथमा हलिउड चलचित्र ‘हाईवे टु धम्पुस’मा अभिनय गरेका छन् । 

कोइराला नेपालमा उनी पहिलो चलचित्र ‘पर्खि बसेँ’ चलचित्रबाट हिट भएका थिए  ।

गीतमा विजय शिवाकोटीको शब्द रचना रहेको छ भने गीतको भिडियो नवराज आचार्यले निर्देशन गरेका छन् । भरत रेग्मीले सम्पादन तथा कलर ग्रेडिङ गरेको भिडियोका छायाँकार शम्भु मोक्तान हुन् ।

       

Logo