सुप्रियासँग लगनगाँठो कसे निर्देशक सुदर्शन थापाले

सुप्रियासँग लगनगाँठो कसे निर्देशक सुदर्शन थापाले

केन्द्रबिन्दु
0
Shares

निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन्। गत २१ भदाैमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा थिए। शुक्रबार उपत्यकाको एक ब्याङ्कवेटमा सुदर्शन र सुप्रियाले विवाह गरेका हुन्। पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले सुप्रियासँग लगनगाँठो कसेका हुन्। 

सुदर्शनको विवाहमा पारिवारिक सदस्यबाहेक फिल्मकर्मी निकै कम उपस्थित थिए। निर्देशक दिनेश राउत, अभिनेत्री वर्षा शिवाकोटी, संगीतकार अर्जुन पाेखरेल, मोडल राज कटवाललगायत सुदर्शनका नजिकका फिल्मकर्मीको मात्र उपस्थिति रहेको थियाे। 

सुदर्शनले विवाहकाे प्रीतिभोजको आयोजना भने शनिबार गरेका छन्। उनले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडाैंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गरेका हुन्।

सुदर्शन निर्देशकसँगै कलाकार, निर्माता हुन् भने सुप्रिया मोडल हुन्। हाल एपीवान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक फिल्मसँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन्।न्युज कारखाना

फोटो सौजन्य: उद्वव रसाइली

Logo