जग्दिश समालको ‘खुशीका पल’ मा उषा र कमलको रोमान्स [भिडियो]

जग्दिश समालको ‘खुशीका पल’ मा उषा र कमलको रोमान्स [भिडियो]

केन्द्रबिन्दु
42
Shares

गायक जग्दिश समाल र गायिका रिता केसीको स्वरमा सजिएको 'खुशीका पल' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। उक्त गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल उषा उप्रेतीसँग संचारकर्मी कमल साउदले रोमान्स गरेको देख्न सकिन्छ।

दिपक शर्माको शब्द रहेको उक्त गीतमा शंकर थापा स्माइलले संगीत भरेका छन्। निर्देशक सुब्रतराज आचार्यको निर्देशनमा निर्माण गरिएको उक्त भिडियोमा साइब्रतराज आचार्यले सह निर्देशन गरेका छन् भने जया शर्माले भिडियोमा क्रिएटिभ पाटो हेरेकी छिन्।

भिडियोलाई उत्सव दाहालले खिचेका छन् । बिजेश पौडेलले भिडियोको सम्पादन गरेका छन्। भिडियोमा नृत्य निर्देशन सम्पन्नता बिन्दुकारको रहेको छ। भिडियोमा नन्दा अधिकारी र लक्ष्मी श्रेष्ठको मेकअप रहेको छ। उक्त भिडियो 'डस म्यूजिक नेपाल'को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

Logo