‘कबड्डी ४’ टिम छायांकनमा जाने तयारीमा, कात्तिक ३ गतेदेखि छायांकन सुरू हुने

‘कबड्डी ४’ टिम छायांकनमा जाने तयारीमा, कात्तिक ३ गतेदेखि छायांकन सुरू हुने

केन्द्रबिन्दु
0
Shares

गत २१ असोजमा हल खुलेसँगै फिल्मका गतिविधिहरू बढ्न थालेका छन्। फिल्मका इभेन्टसँगै छायांकनमा जाने तयारीमा फिल्मकर्मी जुटेका छन्।

यसै क्रममा आउँदो ३ कात्तिकदेखि 'कबड्डी'को चौथो भागको छायांकन प्रारम्भ हुने भएको छ। अन्तिम भनिएको ‘कबड्डी’ शृंखलाको चौथो भागलाई दर्शकले हेर्न पाउनेछन्।

शृंखलाको निर्देशन रामबाबु गुरुङले गर्दै आइरहेका छन्। उनलाई निर्देशकको रूपमा स्थापित गर्ने फिल्म नै यही हो । उनले छायांकनमा अब निस्किने जानकारी दिए। 'हाम्रो प्रोडक्सन टिम त केही अगाडि नै जान्छ तर हामी ३ कात्तिकमा पुग्छौँ', निर्देशक गुरुङले भने।

उनले ३५ दिनको सेड्युल लिएर छायांकन प्रारम्भ गर्ने जनाउँदै सम्पूर्ण छायांकन मुस्ताङमा हुने बताए । 'हाम्रो लोकेसन मुस्ताङ नै हुन्छ र यसलाई तय भएकै सेड्युलमा पूरा गर्नेछौँ', निर्देशक गुरुङले बताए। यसकै सिरिजका कारण आज गुरुङ सफल तथा स्थापित निर्देशकको सूचीमा पर्छन्। यद्यपि, सिरिजको संख्या बढ्दै गर्दा उनलाई आरोप पनि लाग्ने गरेको छ। उनले दोस्रो र तेस्रो सिरिज रिलिज गर्दै गर्दा व्यासायिक बढी भएको आरोप खेप्दै आइरहेका छन्। कबड्डीको तुलनामा यसका निर्मित सिरिजहरू कमजोर रहेका गुनासा दर्शकको बढ्ने गरेको छ।

यसैले गर्दा पनि निर्देशक गुरुङले यसको अन्तिम सिरिज ‘कबड्डी ४: द फाइनल म्याच’ भनेका छन्। फिल्ममा दयाहाङ राई र विजय बराल रहने पक्का छ। उनीसँगै रहने अन्य कलाकारका बारेमा जनाइएको छैन।

काजीको प्रेम कथामा आधारित फिल्ममा अघिल्लो पटक पनि प्रदीप खड्कालाई खेलाउने तयारी भएको थियो। यद्यपि, त्यो सहकार्य हुन सकेन। यस पटक निर्देशक गुरुङले काजी र मैयाको प्रेम कथालाई विश्राम दिँदै छन्। तर, उनले यही नाममा फिल्म भने बनाउन सक्नेछन्।

‘कबड्डी’का तीन सिक्वेलमा प्रेमका लागि संघर्ष गर्ने प्रमुख पात्रहरू ‘फाइनल म्याच’ (कबड्डी ४)मा दोहोरिनेछन्।न्युज कारखाना

Logo