‘मुन्द्रे’को कमेडी क्लबमा केपी ओलीलाई जितुको निमन्त्रणा

‘मुन्द्रे’को कमेडी क्लबमा केपी ओलीलाई जितुको निमन्त्रणा

केन्द्रबिन्दु
0
Shares

यो साता अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्ने हल्लाले बजार तातिएको थियो । बजार तातिएकै बेला बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा भेटघाट गरेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् करिश्माले । 

डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपाल पार्टी छाडेपछि अभिनेत्री मानन्धरको राजनीतिक सक्रियता छैन । बरु उनी पढाइलाई अगि बढाएकी छिन् ।

ओलीसँगको तस्बिरमा करिश्मासँग राष्ट्रिय सभा सदस्य रहेकी गायिका कोमल वली, कलाकार जितु नेपाल पनि छन्। जितुले पनि तस्विर सेयर गर्दै सामाजिक सञ्जालमा करिश्मासँग ओलीको पढाइकेन्द्रित कुराकानी मात्र भएको इंगित गरेका थिए।

करिश्माले पनि ओलीसँग पढाइ र सिनेमा क्षेत्रको बारेमा मात्रै वार्तालाप भएको बताइन्। केपी ओलीले भेट्न मन गरेपछि आफूहरु गएको उनको भनाइ थियो । उनको पढाइबारे चासो राख्दै ओलीले भनेका थिए, ‘लर्निङ इज नेभर इन्डिङ प्रोसेस।’

करिश्माले ओलीसँगको भेटमा राजनीतिक कुराकानी नै नभएको बताइन्। 

‘मुन्द्रे’को कमेडी क्लबमा ओलीलाई निमन्त्रणा दिन छुटाएनन् जितुले। ‘उहाँले समय मिल्यो भने आउँछु भन्नुभएको छ,’ जितुले भने। 

Logo