पशुपति शर्माको स्वरमा ‘दोहोरीको राजा’ सार्वजनिक (भिडियोसहित)

पशुपति शर्माको स्वरमा ‘दोहोरीको राजा’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय फरक फरक विषयवस्तुलाई लिएर गीतसङ्गीतहरू प्रस्तुत गरिने गरिन्छ। त्यस्तै मध्ये मौलिकता झल्काउने गीत हो दोहोरीको राजा। जसमा पहिले पहिले दरबारभित्र हुने लोक संस्कृतिको झल्लको दर्शाइएको छ। 

गीतमा राजाले पारिवारिक मनोरञ्जनका लागि गराइने गीतसंगीतहरुको विषयसमेत प्रस्तुत गरिएको छ। राजाले विभिन्न ठाउँका राजाहरूलाई बोलाइ पहिले पहिले यसरी नै सांस्कृतिक मञ्चन गराउने गरिन्थ्यो। त्यही शैलीलाई यस गीतमा देखाइएको छ।

जसमा राजाले आफ्नो चेलीका लागि बर खोज्न यस्तै मञ्चनहरूमा प्रतिस्पर्धा माध्यम चलाउने गरेका थिए। जुन पुरानै दरबार शैलीको कुरालाई यस गीतमा राम्रोसँग प्रस्तुत गरेको देख्न सकिन्छ। 

सोही गीतमा जुहारी जित्नेलाई आफ्नो चेली दिने र हारेमा घर ज्वाइँ बस्नुपर्ने सर्त राख्छन्। सोही सर्त कसैलाई मन्जुर नभएपछि उनले त्यो गीत सभा नै समापन गर्ने भन्छन् । त्यत्तिकैमा अर्को ठाउँको राजा आएर उनको सर्त अनुसार जुहारी खेली चेली लैजान तयार भएको देख्न सकिन्छ।  

गीतमा अञ्जली अधिकारी, लोमुस शर्मा, सुरवीर पण्डित, शीतल शर्मा, आसिम शर्मा, नकुल ढकाल, शोभा ढकाल लगायतले अभिनय रहेको गीतमा गायक पशुपति शर्मा र लक्ष्मी मल्लको स्वर रहेको छ।  सोही गीतमा सन्तोष राज वाहक कोरियोग्राफर छन् भने उत्सव दाहालले छायांकन गरेका छन्। उक्त गीतमा निशान कश्यपको सम्पादन र निर्देशन रहेको छ।

 

Logo