अनिल सिंहको वेब शो आउँदै

अनिल सिंहको वेब शो आउँदै

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीपछि ओभर द टप (ओटिटी) मा दर्शकसँगै सेलिब्रेटीको आकर्षण पनि बढ्दो छ। डिजिटल प्लेटफर्मलाई मात्र लक्षित गर्दै फिल्म, शो निर्माण हुने क्रम बढ्दो छ। 

नेपालमा पनि पछिल्लो समय डिजिटल प्लेटफर्मलाई लक्षित गर्दै शो निर्माण हुने क्रम बढेको छ। डिजिटल प्लेटफर्ममा दर्शकको बढ्दो आकर्षणलाई देखेर गायक अनिल सिंहले पनि वेब शो ल्याउने तयारी गरिरहेका छन्। 

पप गीत संगीतमा एउटा छ्ट्टै नाम स्थापित गरेका अनिलले म्युजिकल शो लिएर आउने तयारी गरेका हुन् । शोमा उनए स्वयं होस्ट रहने छन् । उनले भने, ‘शो ल्याउने तयारीलाई भइरहेको छ, तर शोबारे सबै जानकारी दिन हतार नगरौं ।’ पछिल्लो समय गीतसंगीत निर्माणमा सक्रियता नरहे पनि कन्सर्टमा भने उनि व्यस्त छन्। उनका प्रियसी, प्रेम पत्र, आइ लभ यु, इञ्जिन गाडीमा लगायतका गीतहरू अहिले पनि दर्शक तथा श्रोता माँझ लोकप्रिय छन्। 

Logo