टेलिश्रृङ्खला ‘हर्के हल्दार’मा किशोर भण्डारीको ‘कम्ब्याक’

टेलिश्रृङ्खला ‘हर्के हल्दार’मा किशोर भण्डारीको ‘कम्ब्याक’

केन्द्रबिन्दु
0
Shares

केही समयअघि ‘हर्के हल्दार’ बाट छुट्टिएर ‘डिट्ठा साब’ निर्माणमा लागेका कलाकार किशोर भण्डारी ‘हर्के हल्दार’मै फर्किएका छन्।

भण्डारी पुनः ‘हर्के हल्दार’ मा पुरानै चरित्र र जिम्मेवारी लिएर फर्किएका हुन्। उनीसँगै उनको जोडी रेश्मा तिमल्सिना ‘बुनुमैचा’ पनि ‘हर्के हल्दार’ मै फर्किएकी छिन्।

हर्के हल्दारमा ७७ भागसम्म रहेर बाहिरिएका डिट्ठा र बुनुमैचा ५२१ भागमा पुनः समेटिएका हुन्। 

विविध परिस्थितिका कारण हर्के हल्दार छोडनु परेको भए पनि पुनः फर्किन पाएकोमा आफू खुसी रहेको रेश्माले बताइन्।

हर्के हल्दारका प्रमुख पात्र विष्णु सापकोटाले सुरुकै सदस्यहरु टीममा भित्र्याउन पाउँदा हर्के हल्दारको प्रस्तुति अझै उच्च हुने विश्वास व्यक्त गरे। यस्तै हर्केमा ‘बाटुली’ रोशनी सापकोटाको पनि पुनः प्रवेश भएको छ। 

अन्य कलाकारहरुमा सुरेन्द्र केसी ‘मूला साग’, विनोद परियार, सुशीला निरौला ‘बिमली’, शिवहरि बैरागी, इन्द्र व्दोङ ‘खम्बे’, शान्ति बस्नेत, सरु दाहाल, बिन्दा दुलाल, राजेन्द्र गिरी, सागर गिरीलगायत रहेका छन्।

हर्के हल्दारमा निर्देशन इन्द्र व्दोङ लामा ‘खम्बे’को रहेको छ। कान्तिपुर टेलिभिजनमा हरेक आइतबार राति ९ बजे प्रसारण हुँदै आएको छ।

Logo