इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल’मा नेपालकी सोफिया भुजेल

इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल’मा नेपालकी सोफिया भुजेल

केन्द्रबिन्दु
0
Shares

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन्। उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल’ को ताजसहित प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाले छनोट गरेको हो।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा आयोजकले प्रतियोगी सार्वजनिक गरेको थियो । भुजेललाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’ विजेता अनुष्मा रायमाझीले ताज लगाइदिएकी थिइन्। रायमाझीले ‘मिस इको इन्टरनेशनल २०२०’ मा ‘मिस इको एसिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन्।

भुजेल आगामी मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। ६० बढी देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिताका लागि भुजेल नेपालका तर्फबाट एक्लो प्रतिनिधि हुन् । भुजेललाई प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरूले ग्रुमिङ गर्नेछन्।

भुजेलले इजिप्टबाट ‘मिस इको इन्टरनेशनल २०२२’ को शिर्ष उपाधि जित्न सक्ने विश्वास आफूलाई लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रवीण लाकौलले बताए। २०१५ देखि ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रूपमा चुनिएकी हुन्।

Logo