गायक अभिराज ओलीकाे आवाजमा “जिन्दगानी” सार्वजनिक (भिडियाे)

गायक अभिराज ओलीकाे आवाजमा “जिन्दगानी” सार्वजनिक (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

गायक अभिराज ओलीकाे आवाजमा सजिएको गीत “जिन्दगानी” सार्वजनिक भएको छ। गीतमा शब्द पनि गायक स्वयंकै छ। 

ड्रेगन पिक्चर्सको निर्माण रहेको म्युजिक भिडियो एम्सेन्ज नामक युट्युब च्यानलमार्फत  सार्वजनिक गरिएको छ। गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन्। सुवास थापाको निर्देशनमा तयार पारिएको उक्त गीतमा चर्चित मोडल रिकु कार्की, विनिता खड्का, सुवास थापा र अभिराज ओलीको अभिनय रहेको छ। 
 
लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक ओलीले गत वर्ष "नाचन कान्छी" बोलको गीत बजारमा ल्याएका थिए । जसले दर्शक स्रोताको मन जित्न सफल भएको थियो। पछिल्लो समय उदाउँदो कलाकारको रुपमा चिनिएका गायक ओली  रेडियो पत्रकार साथै  कार्यक्रम प्रस्तोता हुन्। 

यस अघि ओलीको नाचन  कान्छी गीतको म्युजिक भिडियोमा नायक राजेश हमालको मोडलिङ रहेको छ भने उक्त गीत निकै चर्चित बनिसकेको छ। गायक ओलीको हरेक म्युजिक भिडियोमा  सुमन भण्डारीको ब्यवसायिक सिनेमेटोग्राफी रहेको छ।

 

Logo