के हो लता मंगेशकरको वास्तविक नाम ?

के हो लता मंगेशकरको वास्तविक नाम ?

केन्द्रबिन्दु
0
Shares

संगितको दुनियाँमा लता मंगेसकरको नामले चर्चा कमाएकी सुप्रसिद्ध भारतीय गायिकाको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

लताको वास्तविक नाम हेमा मंगेसकर रहेको थियो । यद्यपि उनी संगितको दुनियाँमा लताको नामले परिचित रहिन । उनको नाम हेमाबाट लता हुनुमा उनका बुबाको नाटक रहेको बुझाइ छ । बुवाको नाटकमा उनले लतिका नामको पात्रको भूमिकामा अभिनय गरेकी थिइन् । सोही नाटक हेरेपछि उनलाई सबैले लता नामले सम्बोधन गर्न थालेको र उनको नाम लता नै रहन गएको थियो ।

लताका बुवा  मास्टर दीनानाथ मंगेशकर पनि गायक, नाटक लेखक र संगीतकारका रूपमा परिचित रहेका छन् । परिवारकी जेठी सुपुत्री लता मंगेशकरका भाइ बहिनी– आशा, उषा, मीना र हृदयनाथ रहेका छन् । उनका भाइबहिनीहरूले पनि संगीतको संसारमा आफ्नो बेग्लै छाप छोडेका छन् । 

Logo