अलबिदा ‘स्वर कोकिला’ लता मंगेशकर

अलबिदा ‘स्वर कोकिला’ लता मंगेशकर

केन्द्रबिन्दु
0
Shares

भारतीय सिनेमाकी स्वर कोकिला लता मंगेशकरको निधनले संगित जगतमा सन्नाटा छाएको छ । केन्द्र सरकारले  लता मंगेशकरको निधनमा २ दिन राष्ट्रिय शोकमा झण्डा झुकाउने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै मंगेशकरको निधनले देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेका बताएका छन्  । लताका हजारौं शुभचिन्तकले उनको निधनले सांगतिक क्षेत्रमा अपुरणीय क्षति तथा एउटा सांगितिक युग नै समाप्त भएको भन्दै  दुख व्यक्त गरेका छन् । उनको जन्म  सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो ।  

मराठी चलचित्रबाट सुरु गरेकी लताले सन् १९४९ मा  महल भन्ने हिन्दी चलचित्रको  गीत गाएर फड्को मारिन् । त्यस पश्चात् ४ दशक सम्म हिन्दी फिल्ममा हजारौं गीत उनले गाइन् । हिन्दी चलचित्रको प्लेब्याक सिंगिंममा समेत पुरुष सहकर्मीलाई चुनौती दिँदै गाउँथिन् । उनले प्रख्यात बलिउड अभिनेतृहरूका लागि हजारौं  गीतहरूमा आवाज दिइन् । 

३६ भाषामा गाएकी लताको म्युजिक इन्डस्ट्रीमा योगदान अतुलनीय रहेको थियो  ।  आफ्नो करियरमा ३० हजार भन्दा बढी गीत गाएर संगित क्षेत्रमा विशेष योगदान दिएकी थिइन् । 

नेपाली भाषामा समेत लताले आफ्नो जादुमयी आवाज भरिन् ।  जुन माटोमा जन्म लिने,आकाशमा तिरमिरे स्वर्गिय राजा महेन्द्रका रचना तथा पछिल्लो समय बाँचुनजेलि बोलको गीतमा आफ्नो मधुर आवाज भरेकी थिइन् ।

  उनले सन् २००१  मा सबै भन्दा उच्च तहको सम्मान भारत रत्न प्राप्त गरेकी थिइन् । त्यस बाहेक  दादा साहेब फाल्के अवार्ड तथा अन्य राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी थिइन् । उनका पिता पंडित दीनानाथ मंगेशकर समेत गायक थिए । लताले ५ वर्षको उमेर देखि नै गाउन सुरु गरेकी थिइन् । खेल्ने पढ्ने उमेरमा नै घरको जिम्मेवारी सम्हालेकी लताले घरपरिवारको भविष्यका लागि भनेर विवाह समेत गरिनन् । लता मंगेशकरले आर्थिक अवस्था कमजोर भएपछि गीत मात्र नभएर अभिनय गर्न समेत सुरु गरेकी थिइन् ।  लता मंगेशकरले औपचारिक शिक्षा लिएकी थिइनन् । लता मंगेसकरको परिवारमा आर्थिक अवस्था समेत कमजोर बनेर  फिल्म र थिएटर कम्पनी बन्द गरेका थिए ।  कार, फोटोग्राफी, क्यामरामा समेत सोखिन रहेकी थिइन् । 

लता मंगेशकरले संसार छोडेर गए पनि सदाबहार गीतका माध्यमबाट विरासत काम गरेर गइन् । जसरी उनको गीतको बोल  मेरी आवाज हि मेरी पेहेचान हे भने झैँ, उनको निधन पश्चात् पनि उनले भरेका गीत युगौँ युगसम्म रहिरहने छ । 

अलबिदा लता मंगेशकर

के हो लता मंगेशकरको वास्तविक नाम ?

लताको वास्तविक नाम हेमा मंगेसकर रहेको थियो । यद्यपि उनी संगितको दुनियाँमा लताको नामले परिचित रहिन । उनको नाम हेमाबाट लता हुनुमा उनका बुबाको नाटक रहेको बुझाइ छ । बुवाको नाटकमा उनले लतिका नामको पात्रको भूमिकामा अभिनय गरेकी थिइन् । सोही नाटक हेरेपछि उनलाई सबैले लता नामले सम्बोधन गर्न थालेको र उनको नाम लता नै रहन गएको थियो ।

लताका बुवा  मास्टर दीनानाथ मंगेशकर पनि गायक, नाटक लेखक र संगीतकारका रूपमा परिचित रहेका छन् । परिवारकी जेठी सुपुत्री लता मंगेशकरका भाइ बहिनी– आशा, उषा, मीना र हृदयनाथ रहेका छन् । उनका भाइबहिनीहरूले पनि संगीतको संसारमा आफ्नो बेग्लै छाप छोडेका छन् । 

Logo