यसरी लता मंगेशकरलाई दिइएको थियो ‘स्लो पोइजन’

यसरी लता मंगेशकरलाई दिइएको थियो ‘स्लो पोइजन’

केन्द्रबिन्दु
0
Shares

लता मंगेशकरले अहिलेसम्म करिब ३० हजार भन्दा बढी गीतमा आफ्नो आवाज दिइसकेकी छिन् । जबकी उनको करियर १३ बर्षको उमेरदेखि सुरु भयो ।

गीत गाउनकै लागि जन्मिएकी लताले बलिउडमा कैयौं गीत गाइन् । कैयौं पुरस्कार र सम्मान पाइन् ।  आज देह त्याग गरेकि लताका विषयमा केही  किस्साहरु प्रस्तुत गरिएको छ ।

लतालाई स्लो पोइजन
सन् १९६१ मा जब लता ३२ बर्षकी थिइन्, तब उनलाई स्लो पोइजन दिइयो । यो कुराको खुलासा लताको एकदमै नजिकका साथी सचदेवले आफ्नो पुस्तक ‘ऐसा कहाँ से लाऊं’ मा गरेका हुन् । त्यसपछि लेखक मजरुह सुल्तानपुरी केहि दिनसम्म उनको घरमा आएर पहिला आफै खाना चाख्ने र त्यसपछि मात्र लतालाई दिने गर्थे । तर, उनलाई स्लो पोइजन कसले दिएको थियो, किन मार्ने प्रयास गरेका थिए ? यो रहस्यको अहिलेसम्म कुनै खुलासा भएको छैन ।

धनाढ्यकी छोरी
लताका पिता दीननाथ मंगेशकर मराठी थिएटरका चर्चित नाम थिए । गोवामा आँप र काजुको बगानका साथै उनले २ लाख भारुमा एउटा पहाड पनि खरिद गरेका थिए । उनको इच्छा त के थियो भने, पोर्तुगालीबाट पुरै गोवा खरिद गर्ने । तर, समयले कोल्टे फेर्न नपाई दीननाथ रक्सीको लतमा फसे । यहि कारण उनीहरु आर्थिक रुपमा टाट पल्टिदै गए । अन्तत: लताले सानै उमेरमा काम गर्नुपर्ने अवस्था आइलाग्यो ।

मधुबालाकी प्लेब्याक सिंगर
मधुबाला मान्थिन्, लताको आवाज आफुमा खुब फिट हुन्छ । त्यसैले उनी आफुले अभिनय गर्ने हरेक फिल्ममा साइन गर्नुअघि सर्त राख्थिन् कि, आफ्ना लागि लताले नै प्लेब्याक गर्नुपर्छ । यद्यपी लता चाहि उनको आवाज सायरा बानोमा फिट हुने ठान्थिन् ।

लताको फिल्मी यात्रा
लताले करिब १० फिल्ममा अभिनय समेत गरेकी छिन् । त्यसमा बडी माँ, जीवन यात्रा, मन्दिर जस्ता फिल्महरु रहेका छन् ।

नपढेपनि विद्यावारिधि
लताले बाल्यकालमा पढ्न पाइनन् । यद्यपी विश्वको ६ ठूला विश्वविद्यालयले उनलाई बिद्यावारिधिको सम्मान दिएका छन् ।

हवाइजहाज चढ्न डर
लतालाई हवाई जहाजको यात्रामा निकै डर लाग्छ । जब फ्रान्स सरकारले उनलाई ‘प्रेस्टिजियस अवार्ड’बाट सम्मान गर्‍यो, तब लताले मुम्बईमा आएको यो एवार्ड दिनुको कारण खुलासा गरेकी थिइन् ।

आवाज बनाउन खुर्सानी
आफ्नो आवाजलाई मीठो र सुरिलो बनाउनका लागि लताले दैनिक खुर्सानी सेवन गर्थिन् । त्यसमा पनि तिख्खर पिरो कोल्हापुरी खुर्सानी ।

(१३ कात्तिक २०७४ मा केन्द्रबिन्दु डटकमबाट लता मंगेशकरलाई कसले दिएको थियो मन्द विष ? शिर्षकमा प्रकाशित यो सामाग्री पुन प्रकाशन गरिएको हो ।)

Logo