हेमन्त शर्माकाे ‘भन मेरो मालिक’ सार्वजनिक (भिडियाेसहित)

हेमन्त शर्माकाे ‘भन मेरो मालिक’ सार्वजनिक (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

लाेकप्रिय गायक हेमन्त शर्माले बिहीबार नयाँ गीत सार्वजनिक गरेका छन् । एलिना चौहानसँगको युगल गायनमा ‘भन मेरो मालिक’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा हेमन्तकै शब्द तथा संगीत रहेको छ । गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् ।

गीतकाे निर्देशन दीपकमान सिंहले गरेका छन् भने भिडियोमा नरेशवीर सिंह र लोसिना लामिछानेको अभिनय छ। हेमन्त शर्माले पनि यसमा अभिनय गरेका छन्।

अजय रेग्मीको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । गायक हेमन्तले आफ्नै युट्युब च्यानल ‘हेमन्त शर्मा’मा भिडियो सार्वजनिक गरेका हुन्।

 

Logo