गायक डिजराज पौडेलको ‘झिल्केले म्वाई खाला’ सार्वजनिक (भिडियोसहित)

गायक डिजराज पौडेलको ‘झिल्केले म्वाई खाला’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

चर्चित गायक डिजराज पौडेलको झिल्केले म्वाई खाला बोलको नयाँ गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल मार्फत बजारमा आएको गीतमा शब्द सानु तिवारीको रहेको छ। 

गीतमा स्वर र संगित डिजराज पौडेलको छ भने एरेन्ज एनबि चाम्लिङको रहेको छ। 

गीतको भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका छन्। गीतमा आर्यन राई र सिम्रन कार्कीको अभिनय देख्न सकिन्छ। 

गायक पौडेलका यसअघि बजारमा आएका तिमी आउने बाटोमा, सुनैको दर्बार, चौका परेपछि, तिमी करोडमा म त रोडमा, चाइना घुमौंला मोटर गाडीमा जस्ता गीतहरु लोकप्रिय रहेका छन्। 

भर्खरै बजारमा आएको झिल्केले म्वाई खाला गीतले पनि दर्शक स्रोताको मन जित्ने विश्वास गायक पौडेलको छ। गीत यस्तो छ:

 

Logo