को हुन् कच्चा बदामले चर्चामा आएका भुवन ?

को हुन् कच्चा बदामले चर्चामा आएका भुवन ?

केन्द्रबिन्दु
0
Shares

सामाजिक सञ्जालमा  केही न केही गरेर भाइरल हुनेको संख्या बढ्दै आएको छ । गीत संगित गाएर होस, वा नाचेर वा केही अभिनय गरेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भाइरल बन्ने तथा सोखको लागि भिडियोहरू पोस्ट गर्नेको संख्या बढ्दै आएको छ । पछिल्लो समय  कच्चा बदाम बोलको गीत सामाजिक सञ्जालमा भाइरल भईरहको छ ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरू  नेपालीमा काँचो बदाम भन्ने शाब्दिक अर्थको गितमा नाच्दै गरेको भिडियो बनाई रहेको देख्न सकिन्छ । टिकटक देखि इन्ष्टाग्रामसम्म हेर्दा  कच्चा बदाम भन्ने बोलको गितमा सामाजिक सञ्जालका प्रयोगकर्ता हाउभाउ सहित कम्मर मर्काएको  देख्न सकिन्छ । वास्तविक रूपमा यो गीतमा कसरी आयो ? भाइरल कहाँबाट भयो ?  नेपालमा मात्र नभएर कोरियादेखि अफ्रिकासम्म यो गितमा नाचिएको भिडियो देख्न सक्छौँ । विश्वभरि भाइरल यो गितमा नाँँच्ने कतिलाई लिरिक्स र गाउने गायकका बारेमा थाहा छैन । यो गित गाउने व्यक्ति भारत पश्चिम बंगालको बिरभुम जिल्ला निवासी भुवन बड्याकरले हुन् । बदाम बेच्दै दैनिक गुजारा गर्दै आएका भुवनले बदाम बेच्ने क्रममा विभिन्न सहर घुम्दा साइकलमा बदाम बेचेर ग्राहकलाई आकर्षित गर्न यो गित गाएका हुन् । गीतको अर्थ  तिमिसँग चुरा, पुराना सामग्री, नक्कली सुनको चेन भए मलाई देऊ, त्यही बराबरको म तिमिलाई बदाम दिन्छु तर पाकेको बदाम हैन काँचो बदाम भन्दै बंगाली भाषामा भुवनले गाएका हुन् ।

आर्थिक अवस्था कमजोर भएका भुवन दिनमा चार किलोसम्म बदाम बेच्दै  ३ सयसम्म आम्दानी गर्दै आएका छन् । पाँच जनाको परिवार पाल्नका लागि बदाम बिक्री गर्दै आएका उनको आर्थिक अवस्था निकै कमजोर रहेको छ । चुरा, पुरानो मोबाइल लगायत पुराना सामानहरूसँग समेत बदाम साट्दै जिंगल बजाउँदै गुजारा गर्दै आएका छन् । यो गित अहिले रिमिक्स समेत भएर भुवनलाई समेत उक्त भिडियोमा राखिएको छ । २०२१ को नोभेम्बर महिनामा यो गित इन्टरनेटमा आयो । भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा भुवनले यो गित कहाँबाट र कसले भाइरल गरिदिएको थाहा नभएको बताएका छन् । अन्तर्वार्ताका क्रममा उनले आफ्नो गीतको एक जना व्यक्ति आएर भिडियो बनाएको तर ती व्यक्तिका बारे आफूलाई जानकारी नभएको बताएका छन् । इन्टरनेटमा राखेपश्चात् एक भारतीय गायकले बिट राखेर सामाजिक सञ्जालमा पोस्ट गरिदिएपछि टिकटक तथा इन्टाग्राम प्रयोगकर्ताले कम्मर मर्काउँदै यो गितमा भिडियो  बनाउन थालेका हुन्।  यो गित भुवनले दश वर्ष अगाडी बदाम बेच्ने क्रममा बनाएको बताएका छन् । बंगाली भाषाको लोकगीत रहेको कच्चा बदाम त्यहाँको जनजातिमा प्रख्यात भाका हो । 

सामान्य गरी गुजारा गर्दै आएका भुवनलाई गित भाइरल भएपश्चात् केही मानिसहरू उनी बारे जान्न तथा अन्तर्वार्ता लिन चाहन्थे भने कोही गीत रेकर्ड नै । यो देखेर भुवन डराएका थिए । उनले भारतीय एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा गीतको श्रेय तथा पैसासमेत आफूलाई नदिएको, आफूलाई गितमा आफ्नो नाम तथा पैसा दिनुपर्ने बताउँदै आएका थिए । 

अहिले भने उनको व्यस्तता बढेको छ । भुवनलाई विभिन्न टेलिभिजन  कार्यक्रमका अतिथिको रूपमा बोलाइने भएकालेसमेत उनी व्यस्त भएका छन् ।  त्यति मात्र हैन पश्चिम बंगालका चुनावी कार्यक्रममा समेत उनलाई गीत गाउन बोलाइने गरिन्छ । भुवनको गीतमा भाइरल भएर लाखौँ भ्युज बटुलेका सामाजिक सञ्जाल प्रयोगकर्ताले आर्थिक अवस्था कमजोर भएका भुवनलाई केही सहयोग गरे उनलाई पक्कै राहत मिल्ने थियो ।

Logo