गायक लामाको पार्थिव शरीर आज श्रद्धाञ्जलीका लागि नाचघरमा राखिने

गायक लामाको पार्थिव शरीर आज श्रद्धाञ्जलीका लागि नाचघरमा राखिने

केन्द्रबिन्दु
0
Shares

लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ। 

आज बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि शव नाचघरमा राख्न लागिएको कलाकार दिपाश्री निरौलाले जानकारी दिइन्। 

गायक लामाको बुधबार बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो। 

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले गायक लामाको निधनप्रति दु:ख व्यक्त गरेका थिए।  

Logo