पल शाहले सार्वजनिक गरेको अडियोको नालीबेली

पल शाहले सार्वजनिक गरेको अडियोको नालीबेली

केन्द्रबिन्दु
0
Shares

अभिनेता पल शाह र एक गायिकाबीच भएको भनिएको अनैतिक सम्बन्धसँग सम्बन्धित अडियो सार्वजनिक भएको छ। गायिकाले तनहुँ प्रहरीमा उजुरी दिएपछि पलले आफैं गत असारमा भएको यो संवाद सार्वजनिक गरिएको हो । अडियोमा ती गायिकालाई अन्य तीन जनाले पलसँगको सम्बन्धलाई लिएर विभिन्न कुरा सिकाइरहेको सुन्न सकिन्छ । सार्वजनिक अडियोमा भएको संवाद यस्तो छ । 

‘मैले विश्वार गरेर हजुरसँग ट्रू लभ गरे । तपाईं भनेर नाजायज सम्बन्ध राखे तर तपाईले मलाई सेक्सका लागि मात्र खोज्नु भएको रहेछ मैले यति धेरै मेसेज गर्दा पनि केही रिप्लाई आउँदैन । तपाईको र मेरो सम्बन्ध केबल सेक्सको लागि मात्र थियो ? तपाईको गर्लफ्रेण्ड छ भन्दाभन्दै पनि मलाई यस्तो गर्नु भयो। मलाई एकदम गाह्रो भएको छ तपाईंले मलाई स्विकार्नुपर्छ ।’

कलाकार नै रहेका अन्य साथीहरुले सिकाएअनुसार म्यासेजमा ती गायिकाले फेरि भनेकी छन् ‘पल जी मलाई के भयो पेट दुख्न थाल्यो । मिन्स पनि भएको छैन । एकदम गाह्रो भएको छ । अस्ति पोखरामा राति बसेर आएदेखि यस्तो भएको हो । मलाई पेट दुखेर वाकवाक पनि आएको छ एकदम गाह्रो भएको छ । के गर्ने होला ?’ 

अडियोका अनुसार उनलाई दुई तीन जना पुरुषहरुले यस्तो म्यासेज गर्ने उक्साएका छन् । उनीहरुको आवाजमा यस्तो सुन्न सकिन्छ ‘फोन गर्यो भने मरेपनि नउँठाउँ । मेसेज मात्र गर्नु, घरबाट मलाई गाली गर्छन्, मलाई मर्नु कि बाच्नु भएको छ ।’ सो क्रममा अर्को पुरुषको आवाज आउँछ उनले गायक दुर्गेस थापालाई इकित गर्दै भनेका छन् । ‘दुर्गेस दाइदेखि खुःशी लाग्यो ।’

याे पनि 


अडियो रेकर्डअनुसार गायक दुर्गेश थापाको बोली यसरी सुन्न सकिन्छ । उनी भन्छन् ‘मैले यस्तो मनमुटु दिएको थिए नि त्यो मान्छेलाई बल्ल अस्ति देखि थाहा पाए ।’ उनले जोडे ‘तिमिले पछि गएर बिहे गर्यौ भने त्यसलाई औँलामा नचाउँने हो । अहिले चाँही झुक्नुपर्छ । पछि हामीसँग नबोल्दा पनि हुन्छ ।’

लगतै अर्काे पुरुषको बोली सुनिन्छ ‘हामी जसरी भएनी सिध्याउँने यसलाई । कि तिमीलाई स्विकार्नुपर्छ, कि ऊ सिधिन्छ । तिमी उमेरको हिसाबले पनि सानो भयौं । उसले के भन्छ बोल अनि सबै मेसेज स्किनसट गरेर हामीलाई पठाइदेउ नत्र भेटेको बेलामा डिलिट गर्छ । यति भए हामीलाई पुग्छ ।’

‘बैनी एक्लै भेट्न कहिले नजानु तिमि । मेसेजमा मात्र कुरा गर्नु फोनमा नि कुरा नगर्नु । हस्पिटलमा गएर प्रेग्नेन्सी किट्स ल्यायर फोटो खिचेर पठाइदिउँ न नत्र भने ।’ लगतै गायिकाले यस्तो पठाउँदा पछि फेक प्रमाणित भयो भने गाहे हुन्छ, त्यस्तो नगरौं । आफैंलाई त्यस्तो भएको भए हुने । 

फेरि अर्का पुरुष बोल्छन् ‘कसरी हुन्छ तिमीले पललाई पाउँनु पर्यो । तिमीले तैले केही गरेनस भने म मिडियामा जान्छु भनेर भन्देउँ त्यो डराउँछ । जतिसक्दो छिटो यो काम गर्नुपर्छ । यो केशमा हामी कोही पनि देखिनु हुन्न ।’ पुन थापाको बोली सुनिन्छ ‘त्यसलाई जसरी नि कारवाहीमा लौजानु पर्छ । तिमीलाई स्विकारे ठिकै छ नत्र त्यो जेला जान्छ  । तिमीले आफ्नो अडान नछोड्नु । तिमिलाई स्वीकारे उसलाई राम्रो हुन्छ । तिम्रो पनि भविष्य बन्छ । तिमीलाई स्वीकार गरेन भने ऊ सिद्धियो ।’
 

Logo