नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ देखि २१ गतेसम्म

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ देखि २१ गतेसम्म

केन्द्रबिन्दु
0
Shares

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । 

राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष भने कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट गरिएको थियो ।

यस महोत्सवमा ३८ देशका ८९ चलचित्रहरुबीच प्रतिष्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा छोटा, डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधिको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । 

कार्यक्रममा बोल्दै अभिनेता निर शाहले पहिलो संस्करण भन्दा यता परिष्कृत भएर आइरहेको बताए । उनले यस महोत्सवले नेपाली चलचित्रको क्षेत्रलाई थप शिक्षित बनाएको पनि बताए । 

अभिनेता शाहले भने , ‘यो निफलाई मैले पहिलो संस्करणको बेलादेखि नै नियालेर आइरहेको छु । पहिलो संस्करणमा यसले असाध्यै धेरै संघर्ष गर्नुपरेको थियो । तर दोस्रो संस्करणमा आइपुग्दा यसले आफूलाई अझ बढी परिस्कृत फम्र्याटमा प्रश्तुत गर्न सफल भयो । यसले हामीलाई धेरै शिक्षित र दिक्षित बनाएको छ । यो अभियानलाई अझै बढी अघि बढाएर लैजानु पर्छ ।’

Logo