शिवरात्रिको पूर्वसन्ध्यामा वर्षाको ‘महादेव रूप’

शिवरात्रिको पूर्वसन्ध्यामा वर्षाको ‘महादेव रूप’

केन्द्रबिन्दु
0
Shares

शिवरात्रिको पूर्वसन्ध्यामा नायिका वर्षा सिवाकोटीको नयाँ रूप सार्वजनिक भएको छ । महादेवको स्वरुपमा उनका ३ वटा आकर्षक तस्बिर केन्द्रबिन्दुलाई प्राप्त भएको हो । महादेवको रूप धारण गरेकी उनको हातमा डम्मरु, त्रिशुल सहित रुद्राक्षको माल र सर्पसमेत देख्न सकिन्छ ।

महादेवको रूप धारण गरेको उक्त तस्बिर सिवाकोटीले केन्द्रबिन्दुलाई उपलब्ध गराएकी हुन् । कोयो फोटोग्राफीले लिएको उक्त तस्बिर उपलब्ध गराउँदै वर्षाले भनिन् ‘शिवरात्रिलाई एउटा पर्वको रुममा मनाउँदै आइएको छ । हामीले पुरुष शिवजी धेरै देख्यौ, तर महिला शिवजी भएको भए कस्तो हुन्थ्यो भनेर एक्पेरीमेन्ट मात्र गरेकी हुँ । भोलि शिवरात्रि भएकाले तस्बिरका लागि लुक्स् परिवर्तन गरेकी हुँ ।’

शिवरात्रि आफूलाई मनपर्ने चाडपर्वमध्ये एक रहेको वर्षाले बताएकी छिन् ।  वर्षाको उक्त तस्बिरका लागि मेकअप जुलेखा खानले गरेकी हुन भने स्टाइल सुनिता श्रेष्ठको रहेको छ । यसरी महिला रुपी शिवजी हुनपाउँदा रमाइलो अनुभूति भएको वर्षा बताउँछिन् ।

वर्षाले  ‘लप्पन छप्पन’, ‘भैरे’, ‘नाइँ नभन्नू ल’, ‘पशुपति प्रसाद’ ‘वीर विक्रम २’ लगायत फिल्ममा अभिनय गरेकी छिन् । उनका धेरै सफल म्युजिक भिडियोहरू समेत इन्टरनेटमा पाउन सकिन्छ ।

उनी आई पे रेमिट, गोगाे २० एप, भीक्ट्री युनिभर्सिटी (अस्ट्रेलिया), सफ्टी प्याड, निम्बू पनि (जुस), इलाइट डायरी लगायतको ब्रान्ड एम्बेस्डरसमेत रहेकी छन् ।

Logo