द प्रोडक्सन नेपालको ‘शक्तिशाली शिव ताण्डव’ नेपाली संस्करणमा (भिडियाे)

द प्रोडक्सन नेपालको ‘शक्तिशाली शिव ताण्डव’ नेपाली संस्करणमा (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

द प्रोडक्सन नेपालले ‘शिव ताण्डव’ नेपाली संस्करण बोलको धार्मिक गीत (भजन) सार्वजनिक गरेका छ। महाशिवरात्रिलाई लक्षित गरि “शिव ताण्डव’ धार्मिक गीत सार्वजनिक गरिएको हाे।

महाशिवरात्रिलाई  धार्मिक पर्वका रूपमा लिइन्छ, हरेक वर्ष नेपालभर हर्षोल्लासका साथ महाशिवरात्रि मनाइन्छ। ‘शिवको महान रात‘ हो महाशिवरात्रि । महाशिवरात्रिको अवसरमा हामीमा भएको नकारात्मक कुरालाई हटाई सकारात्मक कुराको प्रत्याभूति होस् भन्ने सन्देशसहित धार्मिक गीत (भजन) शिव ताण्डव सार्वजनिक भएको हाे।  

जसमा स्वर र कम्पोज शशीविक्रम थापाको रहेको छ। शिवको भूमिका बेन बस्नेतले गरेका छन्, मिक्सिङ कृष्ण पुन र विजय बुढामगर को रहेको छ। स्टुडियो संगीत बैंक रहेको छ । ग्राफिक सपोर्ट किशन तामाङको रहेको छ। ‘शक्तिशाली शिव ताण्डव’ बम भोलेमा हिन्दु परम्पराको मन्त्रलाई पनि गीतमा प्रयोग गरिएको छ।

संस्कृति मन्त्रलाई  समावेश गरि बम भोले शिव ताण्डव गीत तयार पारिएको छ। शिव ताण्डव गीतको परिकल्पना  पुष्कर नन्दन अधिकारी, दिदप्य रिमाल, रुपक पौडयालको रहेको छ। उर्जावान युवा समूह द प्रोडक्सन नेपालले बम भोलेमा एक पृथक प्रस्तुतिसहित हामीमा भएको नकारात्मक कुरालाई हटाई सकारात्मक कुराको  प्रत्याभूति होस् सन्देश रहेको छ। शिव ताण्डवमा जेबी विष्ट र सिद्धार्थ रिमाल साथमा (एभरेष्ट एड एण्ड ईभेन्ट म्यानेजमेन्ट)तयार पारिएको छ।

अडियो-भिडियो हेर्नको लागि यो लिंकमा जानुहाेस्ः

 

 

Logo