जब महानायक गायक बने (भिडियो)

जब महानायक गायक बने (भिडियो)

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्रका महानायक राजेश हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’ रिलिज भएको छ ।

शुक्रवार राजधानीमा एक कार्यक्रमकाबीच महानायक हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन् । रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोविन्द भट्ट, एस.के. दाहाल लगायतको अभिनय रहेको छ । कार्यक्रममा बोल्दै महानायक हमालले आफू गायक नभई नायक नै भएको भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । हमालले आफूले अभिनय गरिरहेका अन्य म्युजिक भिडियो जस्तो यो गीत नभएको बताउँदै तीन महिनाको मेहनत पछि यो गीत तयार भएको बताए ।

कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसंगमा हमालले आफूले व्याख्यात्मक रूपमा उक्त कुरा भनेको बताए ।

महानायक हमालले भने , ’कुनै नराम्रो सहरमा पनि केही न केही सुन्दर पक्ष हुन्छ । तर, काठमाडौंमा केही पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थान समेत छैन । यसतर्फ कसैको ध्यान छैन । केही न केही त हुनुपर्छ सहरमा भनेर मैले व्यंग्य गरेको हुँ’।

कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिति थियो । भट्टराईले हमालको गायन क्षमता यति धेरै राम्रो छ भनेर आफूलाई पहिले थाहा नभएको बताइन् । गीत हेर्दा रमाइलो लागेको बताउँदै उनले यो गीत गाउन आफूले प्रेरित गरेको सुनाइन् । 

 

Logo